काठमाडौँ २९ असोज । राजधानीमा लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरबाट राष्ट्रका ख्यातिप्राप्त चार स्रष्टा सम्मानित भएका छन् । साहित्यकला मन्दिरद्वारा आज यहाँ आयोजित ३०औँ स्रष्टा सम्मान समारोहमा इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, नारायणगोपाल सङ्गीत सम्मान र सरस्वती सम्मानबाट राष्ट्रका ख्याति प्राप्त चार स्रष्टालाई सम्मान गरिएको हो । संस्थाले स्थापनाकालदेखि हरेक वर्ष व्यक्तिका नाममा दुई…