१८ कात्तिक ०७९,ललितपुर ।‘योङ पिकासो’ ले पाटन सङ्ग्रहालयमा बुधबारदेखि स्कुलका विद्यार्थीका सिर्जनात्मक कलाको प्रदर्शनी आयोजना गरेको छ । आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वरिष्ठ कलाकार किरण मानन्धरले ’इसेन्स अफ कलर’ शीर्षकमा ६ स्कुलका विद्यार्थीको उत्कृष्ट सन्देशसहितको ३० चित्रकला प्रदर्शनी संयुक्त रूपमा उद्घाटन गरेका हुन् । बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि अवसर प्रदान गर्ने…