काभ्रेपलाञ्चोक ५ पुस । काभ्रेपलाञ्चोकको दुर्गम दक्षिणी क्षेत्र (डाँडापारि)मा अवस्थित महाभारत गाउँपालिकाको तीनखुट्टे देवीटार सडकखण्डको आठ दशमलव सात किलोमिटर सडकखण्ड निर्माण करिब डेढ वर्षदेखि अधुरो अवस्थामा छ । कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिएको १७ महिनासम्म सम्पन्न हुन नसक्दा स्थानीयले सदरमुकाम धुलिखेल आवतजावतमा निकै कठिनाइ भोग्नुपरेको छ । निर्माण व्यवसायीको लापरवाही तथा ढिलासुस्तीका कारण वर्षात्को…