२० जेठ । सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भएको आगलागीमा बाहिनीपति र स्टोर प्रमुखलाई कारबाही हुने भएको छ । गृह मन्त्रालयले आगलागीको छानबिन गर्न सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा गठन गरेको छानबिन समितिले बाहिनीपति र स्टोर प्रमुखको कमजोरीका कारण आगलागी भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा उनीहरूलाई कारबाही गर्न लागिएको हो ।…