काभ्रेपलाञ्चोक ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति प¥याइएको छ । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पु¥याइएको स्थानीय प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको छ । प्रदर्शनका क्रममा मङ्गलबार बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्वपूर्ण कागजात र केही सवारी साधन पूर्णरुपमा…