काठमाडौं राजधानीको कोटेश्वरमा चलचित्र ‘बिगुल’ टिमले क्ल्याप ठोकेर शुभमुहूर्त सम्पन्न गरेको छ । आज विहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा प्रदिप श्रेष्ठले क्ल्याप ठोेकेर चलचित्रको शुभमुहूर्त गरेका हुन् । शुभमुहूर्तको अवसर पारेर नेपाल सांस्कृतिक महासंघ बागमति प्रदेश संयोजक राजेन्द्र केसीले क्यामेरा स्वीच अन गरे । मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेकी थिइन् । अभिनेता नरेनले संवाद बोलेका…