ललितखबर २० भदौं । पछिल्लो समय नेपाली अभिनेत्री एकपछि अर्को निर्मात्री बन्ने लहर चलेको छ । रेखा थापा, पुजा शर्मा, केकी अधिकारीपछि अभिनेत्री शिल्पा मास्केले निर्माण गरेको चलचित्र ‘देवी’को बुधबार साँझ राजधानीमा प्रिमियर आयोजना गरियो । आफूले निर्माण गरेको चलचित्र प्रिमियरमा अभिनेत्री मास्के मख्ख थिइन् । अभिनेत्री मास्के चलचित्र हेरेपछि प्रतिकृया सुन्न आतुर देखिन्थिन् ।…