काठमाडौं १९ साउन । चलचित्र ’होस्टेल ३’ मुख्य भूमिकामा नवअभिनेताको रुपमा आशिष घिमिरेको प्रवेश भएको छ । आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन्। आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए। उनी सो शृङ्खलामा निकै चर्चित थिए। “यस चलचित्रमा केही प्रमुख…