काठमाडौं। कलाकार सन्तोष पन्तले फिल्म निर्माणभन्दा फिल्मलाई बजारमा चलाउन निकै चुनौतीपूर्ण रहेको बताएका छन्। मंगलबार आफू अभिनीत फिल्म ‘हर्ष’ को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै उनले नयाँमेकरहरूलाई फिल्म चलाउन सिक्नुपर्ने तरिका सुझाएका छन्। तीन वर्षअघि पन्तले आफ्नो चर्चित टेलिभिजन सिरियल ‘हिजो आजका कुरा’ लाई फिल्ममा परिणत गरेका थिए। उनी यस फिल्ममा मुख्य भूमिकामा पनि देखिएका थिए।…