काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली चलचित्र ‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । चलचित्र ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो । यस चलचित्रका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेका छन् । त्यस्तै अभिनेत्री करिश्मा श्रेष्ठ…