ललितखबर पश्चिम नेपालमा एउटा अनौठो प्रथा छ, देउकी । वालिकालाई मन्दिरमा भाकल गरेर चढाउने चलन नै देउकी हो । केही बर्षअघिसम्म खुलमखुल्ला चलनमा रहेको यो प्रथा पछिल्लो समय निर्मूल भएको भनिए पनि लुकीछिपी ठाँउ ठाँउमा प्रचलनमा रहेको बताइन्छ । यस्तै कुप्रथाको कथालाई बुनेर निर्देशक ओम प्रतिकले आफ्नै निर्देशनमा चलचित्र ‘मोहर’ बनाएका छन् । पछिल्लो शुक्रबारबाट…