काठमाडौं पछिल्लो समय पत्रकारिताको पृष्टभूमिबाट चलचित्र क्षेत्रमा स्थापित तीन पत्रकारहरु मिलेर चलचित्र निर्माणमा जुटेका छन् । लामो समयसम्म मुलधारको सञ्चारमाध्यमहरुमा काम गरेका दिपेन्द्र लामाको निर्देशनमा, फोटोपत्रकार समेत रहेका श्रीधर पौडेलको कार्यकारी निर्माताको रुपमा र सामिप्यराज तिमल्सिनाको पटकथा रहने गरी चलचित्र ‘मुनामदनको ब्रेकअप’को घोषणा गरिएको छ । निर्माण पक्षले कलाकारको रुपमा चलचित्र ‘नरसिंहा अवतार’मा चर्चा कमाएका…