नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले देशभरका करिब ४० वटा सिनेमा हलहरूमा शनिवार सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । यो चलचित्रले दर्शकहरूको मन जित्दै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेकोे छ । नेपाली चलचित्र क्षेत्रमा ५१ दिन प्रदर्शन हुनुलाई ठुलो सफलता मानिन्छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम…