ललितखबर १३ असोज । दक्षिण ललितपुरको महाकाल गाँउपालिकाको केन्द्र गोटिखेल बजार बाढीले ध्वस्त बनेको छ । अविरल बर्षापछि बजारनजिकैबाट बग्ने धामिखोला उर्लेर आउँदा वैर्तर्णी धाममा मन्दिर,पाटी, चौसठी शिवलिंग,धारालगायत संरचना सबै बगाएको हो । महाँकाल गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत अशोक विष्टका अनुसार गोटीखेल बजार ६ जनाको मृत्यु भएको बताए । उनले भने, हिलसाइड बोर्डिङ स्कूल,टुंगुन प्रहरी…