ललितपुर २७ जेठ । ललितपुरका स्थानीय तहमा नेकपा एमालेको नयाँ नेतृत्व चयन हुने सुरु भएको छ । गतचैत्रमा जिल्ला कमिटिको नवौँ अधिवेशनपछि यही जेठ मसान्तसम्म स्थानीय अधिवेशनहरु सम्पन्न गर्नुपर्ने केन्द्रिय कमिटिको सर्कुलर अनुसार ललितपुरको गोदावरी, वागमती, महाँकाल र कोञ्ज्योसोम कमिटीका अधिवेशनपछि नयाँ नेतृत्व निर्वाचित भएका छन् । गोदावरी नगर कमिटिको अधिवेशनबाट विक्रम घिमिरे, बाग्मती गाउँपालिकामा…