५ माघ । ललितपुरको धोबिघाटमा प्रहरीले १ केजी अबैध गाँजा फेला पारेको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका ४ धोबिघाटबाट अवैध लागूऔषध गाँजा १ किलोसहिते सोही ठाउँ बस्ने ४२ वर्षिय कुमोद थापामगर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको थियो ।…