ललितपुर १९ पुस । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका ४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुनःनिर्माण हुने भएको छ । ललितमण्डप छेउमा रहेका पाटी ९फल्छा० र जावलाहिटी ९गैरेधारा० भने ललितपुर महानगरले यसअघि नै पुनःनिर्माण गरिसकेको छ । ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको ललितपुर महानगरपालिका वडा नं ४ का…