१८ चैत । ललितपुरको गोदावरी ३ टौखेलमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार टौखेल बुद्धबिहार टोल डेरा गरी बस्ने ललितपुर भैंसेपाटी घर भएका ५१ वर्षीय पञ्चमान तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।