पाल्पा रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन् । आदिवासी जनजाति समूहकी संयोजक अरुणा छहारीले पञ्चैबाजाको संरक्षण, परम्पराको जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने भएकाले गाउँपालिका र वडाको सहयोगबाट आफूहरूले बाजा बजाउन सिकेको बताएकी छिन् । पञ्चैबाजा भनिए पनि यो समूहमा नौ जनाको टोली…