दमौली (तनहुँ) १० मङ्सिर । तनहुँको म्याग्दे गाउँपालिका २ उमाचोक निवासी रामबहादुर थापा बर्षकै २५ लाखको सुन्तला बेच्छन् । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएपछि पूर्णरूपमा यस खेतीमा लागिरहेका थापाले चार सय बोट सुन्तलाबाट बर्सेनि रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिए । थापाले सुन्तला खेतीबाटै कमाएको रकमले छोराछोरी विदेश पठाएका छन् ।…