ललितखबर २१ चैत्र । पशुपतिमा ‘भष्मे डनः पशुपति प्रसाद २’को सुटिङ जारी छ । यो सुटिङको सेटमा दिनहुँ भीड हुन्छ । तर भीडमा तीन कलाकार भने आफ्नै सुरमा हुन्छन् । अभिनेत्री स्वस्तिमा खड्का देविको अवतारमा ठिङ उभिरहेकी हुन्छिन् । अभिनेता विपिन कार्की सुकेको स्वर निकाल्दै बर्बराउँछन् । सौगात मल्ल दिनभर झुम्म परेर मौन बस्छन् ।…