काठमाडौं, ७ माघ । काठमाडौं कोटेश्वरमा कोइला बालेर सुत्दा चार जना अचेत अवस्थामा भेटिएका छन् । शुक्रबार राति ८ बजे काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा चार जना निस्सासिएर अचेत अवस्थामा फेला परेका हुन् । पाँचौं तलामा कोठाको झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्नेक्रममा त्यहाँ रहेका चार जनालाई एक्कासि स्वासप्रस्वासमा…