६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


महालक्ष्मी नगरपालिकाद्वारा लुभूमा भवन निर्माणको गृहकार्य सुरु




ललितपुर
२८ पौष । ललितपुरको उत्तरीपुर्वी क्षेत्रमा रहेको महालक्ष्मी नगरपालिकाले आफ्नै भवन निर्माणको गृहकार्य सुरु गरेको छ ।
महालक्ष्मी नगरको ८ नम्बर वडामा रहेको लुभूस्थित एक गुठीको स्वामित्वमा रहेको जग्गामा महालक्ष्मी नगरपालिका भवन निर्माण गर्ने गृहकार्य सुरु गरिएको हो । नगरपालिकाकोे दोश्रो नगर सभाले महालक्ष्मी ८ स्थित देवी चौर स्थित २६ रोपनी जग्गा भएको हातामा निर्माणको गृहकार्य सुरु गर्ने निर्णय गरेको छ ।
रामेश्वर श्रेष्ठको कार्यकालमा आफ्नो स्वामित्वमा जग्गा नभएपछि भवन निर्माणको काम हुन सकेको थिएन । ललितपुरको गोदावरी नगरपालिकाले बज्रवाराही र कोञ्ज्योसोम गाँउपालिकाले चौघरेमा आफ्नो भवन निर्माण गरि कार्यालय सरिसकेका छन् । महाकाँल गाँउपालिकाले गोटिखेल र वागमती गाँउपालिकाले छपेलीमा भवन निर्माण अन्तिम चरणमा पुगेको बताएको छ । ललितपुर महानगरले पुल्चोकमा भवन निर्माण गरिरहेको छ ।
महालक्ष्मी नगरपालिका भने इमाडोलमा अहिले भाडाको घरमा बसिरहेको छ।
नगर सभाले नगरपालिको हाल सम्मको बेरुजू नियमित गराउने, विनियोजित विद्येयक संसोधन, नगरपालिका अन्तर्गतका कर्मचारी संगठन संशोधन विद्येयक पारित समेत गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : ४० बजे