ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको शनिबार मृत्यु भएको छ। पछिल्लो दुई महिनामा दुई पटक चोरीको प्रयास भएको रेडपाण्डा चोरीको घटनापछि बिरामी परेको थियो। उपचारकै क्रममा चिडियाखानाभित्र रहेको अस्पतालमा उसको मृत्यु भएको चिडियाखानाले जनाएको छ । चिडियाखानाका प्रमुख सत्यनारायण शाहले रेडपाण्डा चोरीको प्रयासपछि कमजोर बनेको स्वास्थ्य अवस्थामा सुधार ल्याउने प्रयास गरिए…