६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरि मसिनेमा पहिरोले कार पुरियो, यात्रु सकुशल उद्धार



काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित मसिनेमा पहिरोले एक कार पुरिएको छ। शनिबार राति मसिनेबाट थानकोटतर्फ जाँदै गरेको बा.५ च ११४५ नम्बरको कार अचानक आएको पहिरोमा पुरिएको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार पहिरो पन्छाएर कारलाई उद्धार गरिएको छ। कारमा सवार यात्रुहरूलाई पनि सकुशल रूपमा उद्दार गरिएको प्रहरीले जनाएको छ।

हाल सडक पूर्णरूपमा सञ्चालनमा आइसकेको जनाइएको छ। वर्षासँगै पहिरोको जोखिम बढेकाले यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ११ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।