काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरीमाथि छानबिन शुरू भएको छ । विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन शुरू गरेको हो । उनीहरूलाई जिम्मेवारीबाट हटाई रानीपोखरी झिकाएर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए । विदेशबाट स्वदेश फर्किएका एक…