२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


२८ वर्षीय सुजन बाग श्रेष्ठले छेडे जिब्रो



काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइएको छ। यस वर्ष तेस्रो पटक जिब्रो छेडेर २८ वर्षीय सुजन बाग श्रेष्ठले जात्रालाई निरन्तरता दिएका छन्।

नवौं पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय वुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए। कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ वुद्धकृष्ण बाग श्रेष्ठ ९ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए।

जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने प्रचलन रहेको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।