८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा आजदेखि नागरिकता प्रमाणपत्रको सिफारिस अनलाइनबाटै



काठमाडौं । काठमाडौंमा आजदेखि नागरिकता प्रमाणपत्रको सिफारिस अनलाइन प्रविधिबाट अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार (वैशाख २)देखि लागू हुनेगरी काठमाडौंका ११ वटै पालिकामा अनलाइन सिफारिस अनिवार्य गरेको हो। आजको मितिदेखि हस्तलिखित फाराम स्वीकार नगर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकासहित ११ पालिकालाई नागरिकता प्रमाणपत्रका लागि अनलाइनमार्फत सिफारिस गर्न पत्राचारसमेत गरिसकेको छ। ‘नगरपालिकाअन्तर्गतका कतिपय वडाहरूबाट हालसम्म पनि हस्तलिखित सिफारिस आइरहेकाले मिति २०८२ वैशाख २ गतेदेखि हस्तलिखित सिफारिसबाट नागरिकता प्रमाणपत्र जारी नगरिने भएकोले अनिवार्य रूपमा अनलाइन सिफारिस गर्ने व्यवस्था मिलाउनु हुन आदेशअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।

 

 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।