काठमाडौं गोदावरी नगरपालिकाले नगरबासीको आँखा उपचारका लागि ४ हजार १ तिरिदिने भएको छ । गोदावरी नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ । सम्झौता अनुसार २०० शल्यक्रियाको मूल्य साझेदारी स्वरूप प्रति बिरामी रु ८,२००(अक्षेरूपी आठ हजार दुई सय मात्र) मध्ये ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने र बाँकी रकम बिरामीले व्यहोर्ने जनाइएको छ । नगरपालिकाकाभित्र…