५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणी ललितपुरकोे छपेली माझखण्ड सञ्चालन हुने केवलकारको शिलान्याश



पाटन (ललितपुर)
दक्षिण ललितपुरको वागमती गाँउपालिका ३ छपेलीबाट माझखण्डसम्म केबुलकार निर्माण हुने भएको छ ।
आज एक कार्यक्रममा बीच दक्षिण ललितपुरको छपेलीमा केबुलकारको शिलान्याश गरिएको छ । संघीय सासंद उदयशम्सेर राणाले केबुलकारको शिलान्याश गरेका छन् ।
कम्पनीका अनुसार एक अर्ब २० करोड लगानीमा केवलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन गर्ने कम्पनीको योजना छ । आगामी एक बर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने योजना सहित काम सुरु गरिने कार्यक्रममा बताइएकोे छ ।
बागमती गाउँपालिकाको ३ छपेलीबाट माझखण्ड जोड्ने केवलकारको दुरी दुई दशमलव आठ किलोमिटर रहने छ ।
उद्घटन कार्यक्रममा संघीय सासंद उदयशम्शेर राणा, बागमती प्रदेश सासंद मधुसूदन पौडेल, नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले केबुलकार निर्माण र सञ्चालनको लागि शुभकामना दिए ।
डेस्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने बताएका थिए ।
केबुलकार निर्माणपछि यसक्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै आकर्षणको केन्द्र बनाउन सकिने अपेक्षा छ । केवुलकार निर्माणपछि सञ्चालन हुनसके दक्षिण ललितपुरमा पर्यटन प्रर्बद्धनको लागि कोशेढुंगा सावित हुनेछ ।

 

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।