२७ माघ । काठमाडौंको गौशालाकाे एक होटलमा महिला मृत अवस्थामा भेटिएकी छन् । काठमाडौं महानगरपालिका ९ स्थित विजय चोकमा रहेको सिराहा धनुषा होटल एण्ड लजमा ४५ वर्षीय महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । गेस्ट हाउसको ढोका दुई दिनसम्म नखुलेपछि अर्को साँचो प्रयोग गरेर ढोका खोल्दा शव देखेपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई…