१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर र काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध



काठमाडौं
२७ माघ । ललितपुर र काठमाडौंका विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ ।
विद्युत प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज चार घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको हो ।
टेकु सवस्टेशनमा मर्मतका लागि रत्नपार्क, कुलेश्वर, कीर्तिपुर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुन लागेको प्राधिकरण जानकारीले जानकारी दिएको छ ।
निर्धारित समयअघि नै काम सकिए छिट्टै विद्युत सुचारु गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्तिको प्रयास गर्ने र सकेसम्म कम प्रभावित हुनेगरि सबै फिडरमा नियमित विद्युत आपूर्तिको प्रयास गर्नेसमेत बताएको छ ।

 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ३ : १४ बजे