काठमाडौँ गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनार दायाँबायाँ बेहुली झैँ सिँगारेर आकर्षक बनाइएको छ । नदी दायाँबायाँ बेलुकीको उज्यालोले मनमोहक दृश्य देखिन्छ । यही दृश्यकाबीच लाखौँ मानिस नदी किनारमा बसेर छठी माताको पूजा, आराधना गरिरहेका छन् । बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएर रातभर छठी माताको आराधना गरेर जागरण बसिरहेका भक्तजनमा उत्साह छ ।…