काठमाडौं । सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्ति नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ सानो भर्याङ बस्ने २७ वर्षीय सञ्जिव राई रहेका छन्। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ घर भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। राईले हेल्थ असिस्टेन्ट विषयमा अध्ययनका…