दमौली (तनहुँ) ८ जेठ । तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान भएको भिषण आगलागीमा करिब रु सात करोड क्षति भएको विवरण सङ्कलन गरिएको छ । व्यास नगरपालिकाले गठन गरेको समितिले आज सङ्कलन गरेको विवरणअनुसार रु छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति विवरण सङ्कलन भएको हो । समितिका संयोजक…