१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आफ्नो फाइल खेल्न सरकारलाई आरजु देउवाको चेतावनी



काठमाडौँ
८ जेठ। नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् ।

प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् ।

उनले भनिन, ’जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’

उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ७ : ५९ बजे