१० मंसिर ०७९, काठमाडौं । लामो समयदेखि नेकपा (एमाले)को राजनीतिमा सक्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । लमजुङको प्रतिनिधिसभा सदस्य निर्वाचनको गए राति सम्पन्न मत परिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै गुरुङ विजयी भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार…