५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गठबन्धनका तर्फबाट सातै प्रदेशमा बन्न लागेका मुख्यमन्त्रीहरु



१४ पुस ०७९, काठमाडौं ।  संघमा सात दलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार बनेसँगै सातवटा प्रदेशमा पनि सोही गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । गठबन्धनका यी दुई ठुला दलबीच सात प्रदेशमध्ये चारवटामा एमाले, दुईवटामा माओवादी केन्द्र र एउटा (मधेस प्रदेश) मा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको छ। माओवादी केन्द्रलाई पहिलो साढे दुई वर्ष संघीय सरकारको नेतृत्व दिने समझदारी गर्दै एमालेले राष्ट्रपति र प्रतिनिधिसभाको सभामुख लिने भएको छ ।

यी हुन् सातै प्रदेशमा बन्न लागेका मुख्यमन्त्रीहरु

१ नम्बर प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेबाट हिक्मत कार्की र माओवादी केन्द्रका इन्द्र आङ्बोको दाबी छ । त्यहाँ सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । जहाँ सत्ता गठबन्धन एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ जसपाका १ सांसद् छन् ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव, जसपाका लालबाबु राउत, जनमत पार्टीका महेशप्रसाद यादव र त्रिभुवन साहको नाम चर्चामा छ। मधेस प्रदेशसभा १०७ सदस्यीय छ । सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रबाट शालिग्राम जम्कट्टेल, सरल सहयात्री पौडेल, युवराज दुलाल र एमालेका रामेश्वर श्रेष्ठ, प्रेमभक्त महर्जन, जेएन थपलियासहित आकांक्षी छन् । एक सय १० सदस्यीय वाग्मती प्रदेशसभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ। वाग्मती प्रदेशमा सत्ता गठबन्धन दलको ६१ सांसद छन् ।

गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बढी छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । त्यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक सांसद छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका भूमिश्वर ढकाल, लिला गिरी, रामजीप्रसाद घिमिरेसहित र माओवादीबाट जोखबहादुर महरा र इन्द्रजित थारू आकांक्षी छन् । ८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि ४४ सांसदकोल समर्थन चाहिन्छ ।

कर्णाली प्रदेश सरकारको नेतृत्वमा पनि माओवादी र एमाले दुवैैको दाबी छ । कर्णालीमा एमालेका यमलाल कँडेल र माओवादी केन्द्रका राजकुमार शर्मा संसदीय दलको नेता चयन भइसकेका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा माओवादी केन्द्रका खगराज भट्ट, ओमविक्रम भाट र एमालेका राजेन्द्रसिंह रावल, धर्मराज पाठक, चक्र मल्ल आकांक्षी छन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : ३६ बजे