लुम्बिनी लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको आज निधन भएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएकामा आज निधन भएको जानकारी दिएका छन्…