काठमाडौं । नुवाकोटको पन्चकन्या गाउँपालिका–२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँदरको आक्रमणबाट ज्यान गएको छ। बुधबार बिहान आफ्नै घरबारीमा मकै खान आएका बाँदर धपाउने क्रममा सयभन्दा बढी संख्यामा रहेका बाँदरको फौजले एक्कासी आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए। स्थानीयवासीका अनुसार घाइते अवस्थामा उद्धार गरिएका नेपालीलाई उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको…