१८ जेठ ०७७,काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज एकै दिन १६६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा १६६ जनामा सङ्क्रमण देखिएको बताए । ती सङ्क्रमितमध्ये पुरुष १६२ र महिला चारजना रहेका छन् । शनिवार १८९ र गत शुक्रबार १७०…