काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य तथा नदीजन्य वस्तु उत्खनन गरेर विदेशमा बेच्ने वातावरण बनाउन सरकार लागेको बताएका छन्। खानीजन्य वस्तु निर्यात गर्ने गरी सरकार अघि बढेको बताउँदै उनले निर्माण सामग्रीको अभावमा आयोजना कार्यान्वयन हुन नसक्ने अवस्था हटाइने जानकारी पनि दिए। खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन् गरेर उपयोग गर्ने मात्रै नभई निर्यात गर्नेसम्मको बजेटमा…