०५ फाल्गुन ०७६, कैलाली । होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढीस्थित खुलामञ्चमा खाना महोत्सव आयोजना गर्न लागिएको होटल सङ्घ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो ।…