१२ माघ ०७६, काठमाडौं । प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डाँका गर्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डाँका कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङका भीमबहादुर घर्तीमगर, नुवाकोटका नकुर तामाङ, रसुवाका दावा छिरिङ तामाङ र तेन्जिङबहादुर तामाङ, रामेछापका कुमारबहादुर बुढाथोकी र काठमाडौँका २८…