११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु


१० माघ २०७६, शुक्रबार  

0
Shares


१० माघ ०७६, हेटौडा । बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ । साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गर्नुभयो ।
साताव्यापी कार्यक्रमअन्र्तगत आज बुद्धचोकबाट शहीद स्मारकसम्म पदयात्रा गरिएको छ । पदयात्रामा मुख्यमन्त्री पौडेलसहित प्रनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यलगायत जनप्रतिनिधिको सहभागिता थियो । पदयात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीलसहित सर्वसाधारणको सहभागिता थियो । बुद्धचोकबाट शुरुभएको पदयात्रा स्मारकमा पुगेर समापन भएको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : ३४ बजे