१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भूकम्पपीडितले सरकारलाई नै पैसा फिर्ता गरेपछि


८ माघ २०७६, बुधबार  

0
Shares

८ माघ ०६५, लमजुङ्ग । लमजुङका भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् । घर बनाउन आवश्यक नभएको भन्दै भूकम्पपीडितको पाउने पहिलो किस्ताबापतको रु ५० हजार बुझेकाले धमाधम फिर्ता गर्न थालेका हुन् । हालसम्म निजी आवस पुनःनिर्माण लाभग्राही सूचीमा परेका जिल्लाका विभिन्न स्थानका १७ भूकम्पपीडितले रकम फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार राइनास नगरपालिकाका चार, दुधपोखरी गाउँपालिकाका तीन, दोर्दी गाउँपालिकाका दुई र मध्यनेपाल नगरपालिकाका दुई जना रहेका छन् । जिल्लामा कूल१४ हजार ६९६ लाभग्राहीमध्ये १३ हजार ७६४ संग सम्झौता भएको र तीमध्ये छ हजार १०४ ले तेस्रो किस्ता बापतको रकम बुझिसकेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये बँेसीशहर नगरपालिकामा रहेका कूल १३ हजार आठ लाभग्राहीमध्ये एक हजार २३५ ले पहिलो किस्ता, ८६५ ले दोस्रो र ६५१ ले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् । त्यस्तै मध्यनेपाल नगरपालिकाका एक हजार ५५९ लाभग्राहीमध्ये एक हजार ४४४ ले पहिलो किस्ता, ७९५ ले दोस्रो र ४६० ले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् । सुन्दरबजार नगरपालिका दुई हजार ३६८ लाभग्राहीमध्ये दुई हजार १४२ ले पहिलो किस्ता, एक हजार ५७० ले दोस्रो र एक हजार ६१ ले तेस्रो किस्ता लिएका छन् । क्व्होलासोथर गाउँपालिकाका कूल ३७९ लाभग्राहीमध्ये २७१ ले पहिलो किस्ता, ९३ ले दोस्रो र ६८ ले अन्तिम किस्ता बुझेका छन् । राइनास नगरपालिकाका कूल तीन हजार २११ लाभग्राहीमध्ये दुई हजार ९८१ ले पहिलो किस्ता, दुई हजार २७० ले दोस्रो र एक हजार ४७० ले अन्तिम किस्ता बुझेका छन् । त्यस्तै दोर्दी गाउँपालिकाका कूल दुई हजार ३२४ लाभग्राहीमध्ये दुई हजार २५४ ले पहिलो किस्ता, एक हजार १७४ ले दोस्रो र ९०८ ले अन्तिम किस्ता बुझेका छन् । दूधपोखरी गाउँपालिकाका दुई हजार ४४७ लाभग्राहीमध्ये दुई हजार ३५६ ले पहिलो किस्ता, एक हजार ९३६ ले दोस्रो र एक हजार १३२ ले अन्तिम किस्ता बुझेका छन् । त्यस्तै मस्र्याङ्दी गाउँपालिकाका कूल एक हजार १०० लाभग्राहीमध्ये एक हजार ३९ ले पहिलो किस्ता, ५४० ले दोस्रो र ३५३ ले अन्तिम किस्ता बुझेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १२ : ५२ बजे