६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मान्छे नबस्ने झुपडी (फोटोफिचर)


२१ माघ २०७५, सोमबार  

0
Shares

 

ललितपुर खबर
२१ माघ २०७५

लहलह गहुँ झुल्ने चापागाँउ शेरा फाँटभरी आजकल पराले झुपडी देखिन्छन् । यी झपडी भुकम्पपिडितले बनाएका होइनन् । न त सुकुम्बासीले नै यी झुपडी बनाएका हुन् ।
यी झुपडी हुन्– व्यावसायिक च्याउ खेती गर्ने किसानले बनाएका ।
चिसो मौसममा हुर्कने च्याउ हिउदभर फाँटमा फल्छ भने बर्षामा दक्षिण ललितपुरका दलचोकी,फुल्चोकी, तिनपाने,नल्लु भारदेउको खोल्सातिर ।

 

गर्मी याममा फलेको च्याउको मूल्य राम्रो पाइन्छ । तर अग्ला पहाडतिर खेती गर्न जानु पर्छ । खोल्सातिर बास बस्नु पर्छ । दुःख ज्यादा छ ।
च्याउ फल्नु मात्र पर्छ व्यापारी गाडी लिएर फाँटैमा आउँछन् । च्याउ खेतीमा व्यापारीले लगानी समेत गरिदिन्छन् ।
हिउँद सिजनमा च्याउ फलाउने किसानको आन्दानी नराम्रो छैन । त्यसैले त उनीहरु ४० रुपैयाँ किलोको पराल किन्छन् अनि रोपनीको २० हजार खेतको भाडा तिर्छन् ।

 

शेरा फाँटमा च्याउ खेती गर्ने किसानबाट खेत धनीले ७ हजारको गहु फल्ने खेतको भाडा २०÷२५ हजारसम्म भाडा पाउछन् ।
२०३७ सालबाट च्याउको व्यावसायिक खेती शुरु भएदेखि निरन्तर बजार विस्तार भइरहेको छ ।
ज्यादा चुनौती

 

शेरा फाँटमा १२ बर्षदेखि च्याउ खेती गरिरहेका गोविन्द तिमल्सिनाले गतसाल १० लाख कमाए । तर यस पल्ट झण्डै पाँच लाख गुमाइसके । भन्छन्,‘खेती गर्न जाने नाफा छ नत्र घाटा ।’

 

च्याउ खेतीबाट जति आम्दानी छ उती नै चुनौती पनि । हावा पानी र माटोको उचित सन्तुलन नमिल्दा बेला बखत च्याउ नउम्रदा घाटै पर्ने खतरा हुन्छ । पराललगायत कृषि सामाग्रीको बढ्दो बजार मूल्यका कारण बजार असन्तिुलित भइरेहेको छ ।

 

आजकल भारतीय सस्ता च्याउ बजार पस्न थालेपछि किसान हैरान छन् । भारतीय च्याउ नकिन्न च्याउ उत्पादक किसानका संघले पहल गरिरहेको सहअध्यक्ष चित्र तिमल्सिना बताउछन् ।

 

किसान माटो र विउ राम्रो नपर्दा झुक्किन्छन् ।
अदक्ष कामदारले काम गर्दा पनि च्याउ खेती बिग्रन सक्छ । बराल धेरै कुँइदा वा कम कुँइए पनि च्याउ फल्दैन घाटा पर्छ ।

 

चोरको विगविगी
बस्तीदेखि टाढा सेतमा गरिने च्याउ खेतीमा चोरका आँखा पर्न थालेको छ । रातको समयमा च्याउ फार्म कुर्न सम्भव हुँदैन । यही मौका पारेर किसानका च्याउ चोर्ने चोरहरु सल्वलाउदै छन् ।
शेरा फाँटमा च्याउ खेती गरिरहेकी मुना बस्नेत भन्छिन्, ‘झुपडीमा ताला लगाए मात्रै हो नत्र चोरले रातभरमा च्याउ सबै लान्छन् ।’

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : १९ बजे