१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘कुष्ठरोग उल्मुलनन भएको छैन’


२२ माघ २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर
टिकाभैरव ललितपुर
२२ माघ २०७५

सरकारले कुष्ठरोग उल्मुलन भएको घोषणा गरे पनि सरोकारवालाहरुले यो रोग नेपालबाट अझै उल्मुलन भइनसकेको दावी गरेका छन् । ललितपुरको आनन्दवनमा आयोजित अन्र्तक्रियामा सहभागी कुष्ठरोगसँग काम गर्ने विज्ञले यस्तो धारणा राखेका हुन् । दि लेप्रोसी मिसन टिकाभैरव ललितपुरमा यस वर्ष उपचार गरेका ३१ सय ८७ जना नयाँ रोगी भेटिनुलाई आधार मानिएको छ ।
दि लेप्रोसी मिसनका कन्ट्री डाइरेकटर शोभाकर पराजुली कुष्ठरोग निर्मुल पार्न नेपालको एन नै बाधक भएको तर्क गरे । उनले भने हालै सरकारले जारी गरेको मुलुकी संहितामा कुष्ठरोग लागेको व्यक्तिसँग सम्बन्ध विच्छेद गर्न कानूनले अनुमती दिने प्रावधानले जो कोहीलाई कुष्ठरोग लुकाउन बाध्य पार्छ ।
कुष्ठरोगलाई पुर्वजन्मको पाप भन्दै सामाजिक अपहेलना सहन बाध्य भएपछि समाजका जो कोही कुष्ठरोगी लुकाउने गरेका छन् । नेपालका पहाडी र हिमाली क्षेत्रमा भन्दा तराईमा धेरै रोगी रहेको तथ्याङ्क भेटिन्छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : १० बजे