६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


के गर्नुपर्छ धुर्मुस सुन्तलीले


२५ माघ २०७५, शुक्रबार  

0
Shares

तस्विर ःग्लोकल खबर

मिसन शर्मा
राष्ट्रिय टोलीले एक दिवसिय मान्यता पाएपछि आज देशभर क्रिकेट प्रेमीहरु उत्साही छन् । राम्रो क्रिकेट रंगशालाको अभावमा खेलाडीले निरन्तर अभ्यास गर्न र घरेलु वा प्रतिश्पर्धी टोलीहरुसँग मैत्रीपुर्ण खेल खेल्न र खेल सुधार्न पाइरहेका छैनन् । क्रिकेट मैदान निर्माणमा राज्यबाट लगानी भइरहेको छैन । यही सन्दर्भमा हास्य कलाकार धुर्मुस सुन्तलीले चितवनमा क्रिकेट रंगशाला निर्माण गर्ने निर्माण प्रकृया शुरु गर्नुले सबैलाई उत्साहित भनाएको छ ।
उनीहरुको नियत सफा नै छ । कलाकारिताको माध्यमबाट समाजमा दिइएको यो योगदान चर्चायोग्य छ । यस किसिमको काम जो कोहीले गर्न सक्दैनन् ।
भुकम्पपछि धुर्मुस सुन्तलीले विदेशमा कार्यक्रम गरेर पैसा जम्मा गरेर नेपालीहरुको सहयोग जुटाएर भुकम्पपिडितहरुका लागि बस्ती निर्माण गरे । यही बस्तीमा अहिले १ सय ५० भन्दा धेरै पिडित परिवार आश्रित छन् ।
क्रिकेट मदान निर्माण पछि यहाँ विभिन्न प्रतियोगिता हुनेछनन् । विभिन्न कम्पनीहरुको प्रायोजनपछि पैसा पनि उठ्नेछ । क्रिकेट मैदानबाट निश्चिय नै आम्दानी हुनेछ । रु. ३ अर्व आर्थिक सहयोग जुटाएर निर्माण गरिएको क्रिकेट मैदानको आम्दानी कहाँ खर्च गरिने भन्ने विषयमा अहिले नै स्प्रष्ट जरुरी छ ।

क्रिकेट मैदानले जव पैसा कमाउन थाल्छ । आज सहयोग दिने सहयोगी मन पनि बदलिनेछ । पैसा देसेपछि महाददेवको तीन नेत्र भने झैं उनीहरुमा एउटा लोभ जागृत हुन्छ । र आर्थिक विवाद निस्कनेछ ।
पहिलो कुरा ३ अर्व रुपैया सहयोगको भरमा उठाउन कठीन छ । सहयोग दिएपछि पनि आम्दानी हुन थालेपछि अर्को विवाद निस्कनेछ । एउटाले लाखौं करोडौं दान दिएर क्रिकेट मैददान बननाउनने अनि अर्कोले आर्थिक ननाजायज फाइदा उठाउनने खतरा पनि उत्तिकै छ । आर्थिक सहयोग दाताले दिएपनि यो निमार्ण भएपनि यसबाट आम्दानी के कसो हुने सर्वत्र चासो रहनेछ । धुर्मस सुन्तलीबाट आर्थिक हिननामिना त नहोला । तर यो मैदान संचालनको क्रममा अरुले गरेको कामको प्रश्न धुर्मुस सुन्तलीमाथि माथि उठ्ने त होइन ? अहिले नै चनाखो हुनु राम्रो हुन्छ ।
धुर्मुस सुन्तलीले सहकारी वा पव्लिक कम्पनी खोलेर शेयर उठाई यो क्रिकेट मैदददान निर्माण गरेको खण्डमा उत्तम होला । निर्माण सम्पन्न भएपछि उनीहरुले संचालक समितीलाई खेलमैदान हस्तान्तरण गरेर यसको जस अपजसबााट मुक्त हुन सक्छन् । जसबाट एउटा कलाकारले लगानी प्रबद्र्धनमा कस्तो किसिमको योगदान दिनसक्छ भन्ने उदारण दिन सकिन्छ ।
हामीलाई एउटा रंगशाला होइन । अरु पनि व्यावसायिक रंगशालाा आवश्यक छन् । जसबाट संसारका चर्चित खेलाडीहरुले हाम्रो रंगशालामा खेल खेल्न सकुन् । बहराष्ट्रिय कम्पनीले हरुले त्यस खेललाई प्रायोजन गराउन सके हाम्रो खेलस्तर माथि उठ्नेछ ।
धुर्मस सुन्तलीको योगदानको कदर गर्दै यस रंगशालाको नाम धुर्मुस सुन्तली राष्ट्रिय क्रिकेट रंगशाला राख्न सकिन्छ । धुर्मस सुन्तली विदेशमा कार्यक्रम गरेर उठाएको पैसा यही लगानी गरेर कमाएको आन्दानी धुर्मुस सुन्तली फाउण्डेशन मार्फत सामाजिक काममा खर्च गर्न सक्छन् ।
धुर्मुस सुन्तलीले सधैभरि दिन्छन् भन्दैमा मागेर काम गर्नु पनि राम्रो काम होइन । भुकम्पले पिडामा परेको बेला ददेश विदेशबाट सहयोगी मन भएकाहरुले सहयोग गरे राम्रै भयो । अब सहयोग माग्ने काम रोक्नुपर्छ ।
देश अब मागेर होइन लगानी गरेर बनाउनु पर्छ भन्ने सन्देस दिन धुर्मुस सुन्तलीले शेयर जाारी गरेर काम आनश्यक छ । दाता मुलुकबाट देशले पाउने सहयोगको बदलामा हामीले कति धेरै शर्त स्वीकार गरेका छौ । सबैलाई जानकारी छ । धुर्मस सुन्तलीले समुदायबाट आएको सकारात्मक सुझावलाई ग्रहण गरेर सबैको सहयोगमा यो क्रिकेट मैदान सम्पन्न गर्न आवश्यक छ । जति धेरैल ठूलो रकमको काम हुन्छ । मान्छेका आखा उति नै ठूलो हुन्छ । कााम गर्दा अनेकौ बाधा आउछन् । आवश्यक अनवश्यक धेरै आलेचना सुनिन्छन् । आलेचना सहन सक्नु पर्छ ।
के गर्नुपर्छ धुर्मुस सुन्तलीले
मिसन शर्मा
राष्ट्रिय टोलीले एक दिवसिय मान्यता पाएपछि आज देशभर क्रिकेट प्रेमीहरु उत्साही छन् । राम्रो क्रिकेट रंगशालाको अभावमा खेलाडीले निरन्तर अभ्यास गर्न र घरेलु वा प्रतिश्पर्धी टोलीहरुसँग मैत्रीपुर्ण खेल खेल्न र खेल सुधार्न पाइरहेका छैनन् । क्रिकेट मैदान निर्माणमा राज्यबाट लगानी भइरहेको छैन । यही सन्दर्भमा हास्य कलाकार धुर्मुस सुन्तलीले चितवनमा क्रिकेट रंगशाला निर्माण गर्ने निर्माण प्रकृया शुरु गर्नुले सबैलाई उत्साहित भनाएको छ ।
उनीहरुको नियत सफा नै छ । कलाकारिताको माध्यमबाट समाजमा दिइएको यो योगदान चर्चायोग्य छ । यस किसिमको काम जो कोहीले गर्न सक्दैनन् ।
भुकम्पपछि धुर्मुस सुन्तलीले विदेशमा कार्यक्रम गरेर पैसा जम्मा गरेर नेपालीहरुको सहयोग जुटाएर भुकम्पपिडितहरुका लागि बस्ती निर्माण गरे । यही बस्तीमा अहिले १ सय ५० भन्दा धेरै पिडित परिवार आश्रित छन् ।
क्रिकेट मदान निर्माण पछि यहाँ विभिन्न प्रतियोगिता हुनेछनन् । विभिन्न कम्पनीहरुको प्रायोजनपछि पैसा पनि उठ्नेछ । क्रिकेट मैदानबाट निश्चिय नै आम्दानी हुनेछ । रु. ३ अर्व आर्थिक सहयोग जुटाएर निर्माण गरिएको क्रिकेट मैदानको आम्दानी कहाँ खर्च गरिने भन्ने विषयमा अहिले नै स्प्रष्ट जरुरी छ ।

क्रिकेट मैदानले जव पैसा कमाउन थाल्छ । आज सहयोग दिने सहयोगी मन पनि बदलिनेछ । पैसा देसेपछि महाददेवको तीन नेत्र भने झैं उनीहरुमा एउटा लोभ जागृत हुन्छ । र आर्थिक विवाद निस्कनेछ ।
पहिलो कुरा ३ अर्व रुपैया सहयोगको भरमा उठाउन कठीन छ । सहयोग दिएपछि पनि आम्दानी हुन थालेपछि अर्को विवाद निस्कनेछ । एउटाले लाखौं करोडौं दान दिएर क्रिकेट मैददान बननाउनने अनि अर्कोले आर्थिक ननाजायज फाइदा उठाउनने खतरा पनि उत्तिकै छ । आर्थिक सहयोग दाताले दिएपनि यो निमार्ण भएपनि यसबाट आम्दानी के कसो हुने सर्वत्र चासो रहनेछ । धुर्मस सुन्तलीबाट आर्थिक हिननामिना त नहोला । तर यो मैदान संचालनको क्रममा अरुले गरेको कामको प्रश्न धुर्मुस सुन्तलीमाथि माथि उठ्ने त होइन ? अहिले नै चनाखो हुनु राम्रो हुन्छ ।
धुर्मुस सुन्तलीले सहकारी वा पव्लिक कम्पनी खोलेर शेयर उठाई यो क्रिकेट मैदददान निर्माण गरेको खण्डमा उत्तम होला । निर्माण सम्पन्न भएपछि उनीहरुले संचालक समितीलाई खेलमैदान हस्तान्तरण गरेर यसको जस अपजसबााट मुक्त हुन सक्छन् । जसबाट एउटा कलाकारले लगानी प्रबद्र्धनमा कस्तो किसिमको योगदान दिनसक्छ भन्ने उदारण दिन सकिन्छ ।
हामीलाई एउटा रंगशाला होइन । धेरै व्यावसायिक रंगशालाा आवश्यक छन् । जसबाट संसारका चर्चित खेलाडीहरुले हाम्रो रंगशालामा खेल खेल्न सकुन् । बहराष्ट्रिय कम्पनीले हरुले त्यस खेललाई प्रायोजन गराउन सके हाम्रो खेलस्तर माथि उठ्नेछ ।
धुर्मस सुन्तलीको योगदानको कदर गर्दै यस रंगशालाको नाम धुर्मुस सुन्तली राष्ट्रिय क्रिकेट रंगशाला राख्न सकिन्छ । धुर्मस सुन्तली विदेशमा कार्यक्रम गरेर उठाएको पैसा यही लगानी गरेर कमाएको आन्दानी धुर्मुस सुन्तली फाउण्डेशन मार्फत सामाजिक काममा खर्च गर्न सक्छन् ।
धुर्मुस सुन्तलीले सधैभरि दिन्छन् भन्दैमा मागेर काम गर्नु पनि राम्रो काम होइन । भुकम्पले पिडामा परेको बेला ददेश विदेशबाट सहयोगी मन भएकाहरुले सहयोग गरे राम्रै भयो । अब सहयोग माग्ने काम रोक्नुपर्छ ।
देश अब मागेर होइन लगानी गरेर बनाउनु पर्छ भन्ने सन्देस दिन धुर्मुस सुन्तलीले शेयर जाारी गरेर काम आनश्यक छ । दाता मुलुकबाट देशले पाउने सहयोगको बदलामा हामीले कति धेरै शर्त स्वीकार गरेका छौ । सबैलाई जानकारी छ । धुर्मस सुन्तलीले समुदायबाट आएको सकारात्मक सुझावलाई ग्रहण गरेर सबैको सहयोगमा यो क्रिकेट मैदान सम्पन्न गर्न आवश्यक छ । जति धेरैल ठूलो रकमको काम हुन्छ । मान्छेका आखा उति नै ठूलो हुन्छ । कााम गर्दा अनेकौ बाधा आउछन् । आवश्यक अनवश्यक धेरै आलेचना सुनिन्छन् । आलेचना सहन सक्नु पर्छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ९ : ४० बजे