६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनका पोखरीहरु पुर्नजिवित गरिने


२८ माघ २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
पाटन ललितपुर
पाटन क्षेत्रको पोखरीहरुहरु एकपछि अर्को सुक्न थालेपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । पाटनमा आयोजित अन्र्तक्रियामा महानगरका मेयरले पूर्णचण्डी पोखरीको संरक्षण गरेर पुराना संरचनाहरु पुर्नजिवित गर्ने कामको शुरुवात गर्ने घोषणा गरे । उनले भने क्रमश ः पाटनका पोखरीहरु संरक्षण गर्ने नीति महानगरले लिउको छ ।
उपमेयर गिता सत्यालले भने महानगरक्षेत्रका ढुंगेधारा सुक्नु शहर मरुभूमिकरणको शुरुवात भएको भन्दै ढुंगेधाराको संरक्षण गर्न नसके पाटनको दैनिक जीवन सधै कठीन हुने तर्क गरिन ।
शहरी विकाश केन्द्रका सुर्दशन भण्डारीले भने बर्षे पानी घर घरबाट पोखरीसम्म पु¥याउन पाइप जोड्नु पर्नेमा जोड दिए । उनले भने जवसम्म पाटनको पोखरी मा पानी हुन्दैनन् ढुंगेधारामा पानी पनि आउदैन ।
संरक्षणविद्  पद्मसुन्दर जोशीले भने टिकाभैरवबाट आउने राजकुलो बन्द भएपछि पाटनको ढुंगेधारा र पोखरी सुकेको राय व्यक्त गरे । राजकुलोको पानी ढलमा राखेर भए पनि पाटन ल्याउन सके पुराना पोखरी जिवित हुने उनको तर्क थियो ।
  धेरै ढुंगेधाराहरु वर्षा याममा समेत पानी पानी आउन छोडेपछि ढुंगेधारा संरक्षको लागि महानगरले अगुवाई गर्नुपर्ने सहभागीहरुले माग गरेका थिए । पोखरीमा पानी सुकेपछि शहरका पोखरी मिचिने र नयाँ संरचना निर्माण हुने क्रम बढेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ९ : ४५ बजे